×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

वैदेशिक रोजगार विभागमा महानिर्देशकदेखि निर्देशकसम्म हेरफेर

वैदेशिक रोजगार विभागमा महानिर्देशकदेखि निर्देशकसम्म हेरफेर

काठमाडौँ । वैदेशिक रोजगार विभागमा दुई जना सहसचिवलाई खटाइएको छ । सिनियर सहसचिवलाई महानिर्देशक बनाएर पठाइएको छ भने जुनियर सहसचिवलाई उपमहा निर्देशक बनाएर खटाइएको हो । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सहसचिव जीवलाल भुसाललाई महानिर्देशक बनाएर विभागको पठाएको थियो । तर, उनी हालसम्म विभागको जिम्मेवारी सम्हाल्न गएका छैनन् । 

त्यस्तै हालै उपसचिवबाट सहसचिवमा बढुवा भएका चन्द्रबहादुर शिवाकोटी उपमहानिर्देशक भएर गएका छन् । कार्यभारका आधारमा मन्त्रालयले विभागमा उपमहानिर्देशकको दरबन्दी सिर्जना गरेर शिवाकोटीलाई खटाएको हो । 

त्यस्तै विभागका निर्देशक गुरुदत्त सुवेदीको समेत सरुवा गरिएको छ । विभागका सूचना अधिकारी समेत रहेका सुवेदीलाई बबरमहलस्थित वैदेशिक रोजगार बोर्डका सचिवालय पठाइएको छ भने उनको ठाउँमा बोर्डकै निर्देशक टिकाराम ढकाललाई पठाइएको छ । ढकाल बोर्डमा प्रवक्ताको जिम्मेवारीमा थिए । 

विभागसँगै रहेको वैदेशिक रोजगार कार्यालयको दरबन्दी समेत कटौती गरिएको छ । तीन जना निर्देशक रहेको कार्यालयमा दुई जना निर्देशकको दरबन्दी कटौती गरिएको छ । हाल एक जनालाई मात्रै निर्देशकको खटाइएको श्रम मन्त्रालयले जनाएको छ । 

कार्यालयबाट प्रदान गरिने श्रम स्वीकृति लगायतका सेवाहरू अनलाइनमार्फत हुँदै आएको छ । जसले गर्दा कार्यभार कम भएको भन्दै मन्त्रालयले निर्देशकको दरबन्दी कटौती गरेको हो ।

प्रतिकृया दिनुहोस्