काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा ६ सय रुपैयाँ घटेर प्रतितोला एक लाख ९३ हजार रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै चाँदी आज तोलामा ५ रुपैयाँ बढेर प्रतितोला दुई हजार तिन सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।