काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा ७ सय रुपैयाँ बढेर प्रतितोला एक लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा १५ रुपैयाँ घटेर प्रतितोला एक हजार ९ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।