×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

माटोको ढिस्कोमा पुरिएर २ जनाको मृत्यु, ४ जना गम्भीर घाइते

माटोको ढिस्कोमा पुरिएर २ जनाको मृत्यु, ४ जना गम्भीर घाइते

जनकपुरधाम । बारामा माटोको ढिस्कोमा पुरिएर मृत्यु भएका २ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका-६ की ७० वर्षीया सारदा देवी महतो र वडानम्बर ५ बस्ने  १५ वर्षीय सुनिल महतो रहेको प्रहरीले जनाएको छ ।

अन्य ६ जना घाइते छन् । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार घाइते हुनेहरूमा वडानम्बर ६ का १४ वर्षीय साजन महतो,  १८ वर्षीय गौतम मुखिया, वडानम्बर ५ का १५ वर्षीय नितेश महतो, १४ वर्षीया रानीकुमारी महतो र सुशीला कुमारी र १५ वर्षीय राजाबाबु शर्मा रहेका छन् ।

आज बिहान ८:५० बजेतिर सिम्रौनगढ नगरपालिकाको नयाँ भवन नजिक रहेको इशरा पोखरीको डिलमा तिहारमा घर लिपोतको लागि माटो खन्ने क्रममा माटोको ढिस्कोमा ८ जना परेका थिए । जसमध्ये दुई जनाको मृत्यु भएको छ भने अन्य चार जना गम्भीर घाइते भएका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रतिकृया दिनुहोस्