×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

मनोरञ्जन

फिल्म 'राम नाम सत्य' को टिजर सार्वजनिक, एक्सन अवतारमा विराज

फिल्म 'राम नाम सत्य' को टिजर सार्वजनिक, एक्सन अवतारमा विराज

काठमाडौँ ।  चैत २७ गतेबाट प्रदर्शन हुन लागेको एक्सन फिल्म ‘राम नाम सत्य’ को टिजर सार्वजनिक गरिएको छ । टिजरमा अभिनेता विराज भट्टलाई केन्द्रमा देख्न सकिन्छ र उनको हिंसकरुप राखिएको छ । 

आफ्नालाई गुमाएपछि नायक पात्रले लिने बदलामा फिल्म आधारित रहेको टिजरबाट बुझ्न सकिन्छ ।

कोरियोग्राफरको रूपमा परिचित माइकल चन्दको निर्देशनमा बनेको यस फिल्ममा विराजसहित सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, आयुष सिंह ठकुरी, स्व. सुनिल थापा, प्रशान्त ताम्राकार लगायतका कलाकारहरूको अभिनय रहेको छ । टिजरमा दिवंगत अभिनेता सुनिल थापालाई ट्रिबियूट दिइएको छ । 

माइकल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो फिल्मका लगानीकर्ता उपेन्द्र शाही र स्वेता विमली हुन् । कार्यकारी निर्मातामा किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार रहेका छन् भने क्रियटिभ निर्माता मोती कार्की हुन् । फिल्ममा बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी र नवा अन्सारीको संगीत छ ।

प्रतिकृया दिनुहोस्