×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेरमा बैठक बस्ने तयारी छ । प्रधानमन्त्री ओली आज मध्यराति तुर्कमेनिस्तान जाँदैछन् । त्यसअघि बैठक बस्न लागेको हो ।

बैठक बस्न मन्त्रीहरू बालुवाटार पुगिसकेका छन् । प्रधानमन्त्री ओली बालुवाटारमै आयोजित एक पुस्तक लोकार्पण कार्यक्रममा सम्बोधन गरिरहेका छन् ।

उक्त कार्यक्रम सकिएपछि मन्त्रिपरिषद् बैठक बस्ने प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।

भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली आज राति तुर्कमेनिस्तान जान लागेका हुन् ।

प्रधानमन्त्री ओली नेपाली प्रनिनिधिमण्डलको नेतृत्व गर्दै राति ११:५५ बजे फ्लाई दुबईको उडानबाट दुबई हुँदै तुर्कमेनिस्तान जाने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नेपाल अध्यक्ष रहेको एलएलडिसी समूहको सम्मेलन यही साउन २० देखि २३ गतेसम्म (५ देखि ८ अगस्ट) तुर्कमेनिस्तानको अवाजा सहरमा आयोजना हुँदैछ । प्रधानमन्त्री ओली यही साउन २३ गते शुक्रबार राति स्वदेश फर्कने छन् ।

प्रतिकृया दिनुहोस्