×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

२ करोड बराबरको तस्करीका सुनचाँदीसहित ९ भारतीय पक्राउ

२ करोड बराबरको तस्करीका सुनचाँदीसहित ९ भारतीय पक्राउ

काठमाडौं । तस्करीका दुई करोड रुपैयाँ भन्दा बढीका सुनचाँदीसहित प्रहरीले ९ भारतीयलाई पक्राउ गरेको छ ।

प्रहरी वृत्त बौद्धको टोली विभिन्न स्थानहरुबाट ९ भारतीयहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भारत महाराष्ट्र घर भइ जोरपाटी बस्ने ३० वर्षीय नबनाथ बाकु कसदी, २० वर्षीय सन्दीप पोपट हजारे, २२ वर्षीय अन्सार दिलावर सिकल्गार, १८ वर्षीय सुरज राजेश मदने, २१ वर्षीय अरमान हनिफ इनामदाय, २२ वर्षीय मनोज सुभाष सकट, ३८ वर्षीय अमोल कुमार गोस्ले, २० वर्षीय सुनिल मिटकरी र २० वर्षीय सुरज नन्दीवाली छन् ।

यो समूहले भन्सार छलीका र बिल बिजक बिनाका सुनको कारोबार गर्ने गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए । सुन रिफाइनिङ एण्ड टन्च हाउसबाट उनीहरुलाई सुनचाँदीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जोरपाटी, कपन र चाबहिलको टन्च हाउसबाट १ किलो ७६.५१८ ग्राम सुन बरामद भएको छ । उक्त सुनको मु्ल्य १ करोड ७० हजार १० हजार ६० रहेको बताइएको छ ।

त्यसैगरी यी तीन ठाउँबाटै १८ किलो ४५.५२१ ग्राम चाँदी बरामद भएको छ । उक्त चाँदीको मुल्य ३० लाख भन्दा बढी रहेको बताइएको छ । नगद ८ लाख २७ हजार ५ सय नेपाली र ११ हजार ७ सय भारु बरामद भएको छ ।

पक्राउ परेकाहरुलाई आन्तरिक राजश्व विभाग हरिहर भवन पठाइएको छ ।

प्रतिकृया दिनुहोस्