×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

सानोठिमी क्याम्पसका स्ववियु अध्यक्षमाथि कुटपिट

सानोठिमी क्याम्पसका स्ववियु अध्यक्षमाथि कुटपिट

काठमाडौं । भक्तपुरको सानोठिमी क्याम्पसका नवनिर्वाचित स्ववियु अध्यक्ष नरेन्द्रसिंह ठगुन्नामाथि आक्रमण भएको छ ।

अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष समेत रहेका माओवादी केन्द्रका नेता रमेश मल्लले सामाजिक सञ्जाल फेसबुकमार्फत आक्रमण भएको भन्दै तस्वीरसमेत सार्वजनिक गरेका छन् । उनका अनुसार ठगुन्नामाथि शनिबार राति आक्रमण भएको हो ।

अखिल क्रान्तिकारी नेता ठगुन्नाको चिउडो र आँखा नजिक चोट लागेको छ ।

यता भक्तपुर प्रहरीले भने घटनाबारे जानकारी नभएको बताएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी माधव बुढाथोकीले घुटपिटबारे कुनै जानकारी प्रहरीमा नआएको बताए ।

प्रतिकृया दिनुहोस्