काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा २ हजार ३ सय रुपैयाँ बढेर प्रतितोला तिन लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन प्रतितोला तिन लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा १५ रुपैयाँ घटेर प्रतितोला ४ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भैरहेको छ ।