×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

उपसभामुख बारे निर्णय लिइसकेका छैनौं : रञ्जिता श्रेष्ठ

उपसभामुख बारे निर्णय लिइसकेका छैनौं : रञ्जिता श्रेष्ठ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले सभामुखलाई पदीय मर्यादा विपरित आचरण गरेको अभियोगमा  पद मुक्त गर्नेबारे आफ्ने पार्टीले निर्णय गरिनसकेको बताएकी छिन् ।

कांग्रेस र एमालेका प्रमुख सचेतकहरूसँग सिंहदरबारमा भेटेर निस्किएपछि सञ्चारकर्मी सँग प्रतिक्रिया दिँदै उनले आफूहरूले अझै निर्णय गरिनसकेको बताइन् ।

‘उहाँहरूले हामीले त हस्ताक्षर गरिरहेका छौं, तपाईंहरूले पनि साथ दिनुपर्‍यो भन्नुभएको थियो,’  श्रेष्ठले भनिन्, ’मैले अहिले उपसभामुख पनि देशबाहिर हुनुहुन्छ । अहिले नै निर्णय भइहाल्दैन । हामीले पनि अहिले नै निर्णय दिन सक्दैनौं भनेँ ।’

प्रतिनिधि सभामा नागरिक उन्मुक्ति पार्टीका ४ जना सांसदहरू छन् । एमाले कांग्रेसले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने तयारीस्वरुप संकलन गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस्