×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

धनगढीबाट काठमाडौं उडेको श्री एअरलाइन्सको विमान भैरहवामा आकस्मिक अवतरण

धनगढीबाट काठमाडौं उडेको श्री एअरलाइन्सको विमान भैरहवामा आकस्मिक अवतरण

बुटवल । धनगढीबाट काठमाडौंका लागि उडेको श्री एअरलाइन्सको विमानमा प्राविधिक समस्या आएपछि भैरहवा विमानस्थलमा आकस्मिक अवतरण भएको छ । धनगढीबाट १० बजे उडेको फलाइट नम्बर २२२ को विमान काठमाडौं नपुग्दै बीच बाटोमै हाइड्रोलिक फेलियर भएपछि सुरक्षित अवतरणका लागि गौतमबुद्ध विमानस्थलमा अवतरण गराइएको हो ।

हाइड्रोलिक फेल भएका कारण विमान रन वेबाट गुड्न नसकेपछि करिब ४० मिनेट विमानस्थलका अन्य उडानहरू अवरुद्ध हुन पुगेका विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतले बताए ।

आकस्मिक अवतरण भएपछि चालक दलका सदस्य र ८२ जना यात्रुहरु सकुशल छन् । उनीहरु विमानस्थलमा रहेका छन् । उनीहरुलाई लिन काठमाडौंबाट अर्को विमान आउँदैछ ।

अवतरण गर्ने क्रममा विमानको अगाडिको  ल्यान्डिङ्ग गियर नखुलेकोले धानवमार्गमा रोकिएको थियो । साढे १२ बजे मात्रै ल्याण्डिङ गियर खुलेपश्चात् विमान गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलको ट्रमिनलको पार्किङ स्थलमा राखिएको छ ।

अहिले विमानस्थल सञ्चालनमा आइसकेको छ ।

प्रतिकृया दिनुहोस्