×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

जेनजीले प्रदर्शन गर्दै, माइतीघरमा सुरक्षा व्यवस्था कडा

जेनजीले प्रदर्शन गर्दै, माइतीघरमा सुरक्षा व्यवस्था कडा

काठमाडौं । काठमाडौँको माइतीघर मण्डलामा आज हुने जेनजीको प्रदर्शनलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको छ। भ्रष्टाचारविरुद्ध हुन लागेको यो प्रदर्शनको सुरक्षाको लागि प्रहरीले विशेष रणनीति बनाएको छ।

उच्च तहका अधिकारी परिचालनस् माइतीघर र बानेश्वर क्षेत्रको सुरक्षा कमाण्ड जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले गर्नेछन्। उनको साथमा ६ जना डीएसपी पनि खटाइनेछन्।

अन्य सुरक्षा निकाय सशस्त्र प्रहरी बलको तर्फबाट एसपी जीवन केसीले सुरक्षा फौजको नेतृत्व गर्नेछन्। यसका साथै, राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी पनि परिचालन गरिनेछ।

प्रहरीले प्रदर्शनको स्वरूप हेरेर सुरक्षा रणनीति परिवर्तन गर्ने योजना बनाएको छ। भिडको अवस्थाअनुसार थप सुरक्षाकर्मी परिचालन गरिनेछ। सुरक्षा संवेदनशीलताका कारण परिचालित गरिने सुरक्षाकर्मीको सङ्ख्या सार्वजनिक गरिएको छैन, तर काठमाडौँ जिल्लाभर करिब २५ सय प्रहरी परिचालन गरिने अनुमान छ। माइतीघर क्षेत्रमा मात्रै ५ सय प्रहरी खटाइने बताइएको छ।

प्रतिकृया दिनुहोस्