×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

कुलिङ पिरियडमा गडबडीबारे छानबिन गर्न ७ सदस्यीय संसदीय विशेष छानबिन समिति घोषणा

कुलिङ पिरियडमा गडबडीबारे छानबिन गर्न ७ सदस्यीय संसदीय विशेष छानबिन समिति घोषणा

काठमाडौं । संघीय निजामतीे विधेयकमा कुलिङ पिरियड व्यवस्थामा भएको गडबडीबारे छानबिन गर्न गठित ७ सदस्यीय संसदीय विशेष छानबिन समिति प्रतिनिधि सभाबाट घोषणा भएको छ ।

सभाको सोमबारको बैठकमा सभामुख देवराज घिमिरेले समिति घोषणा गरे । सभामुख घिमिरले गरेको विशेष समिति गठनको प्रस्तावलाई बैठकले अनुमोदन गरेको थियो ।

समितिको संयोजक नेपाली कांग्रेसका सांसद एवं सहमहामन्त्री जीवन परियार तोकिएका छन् ।

सभामुख घिमिरेका अनुसार समितिमा नेपाली कांग्रेसबाट जीवन परियार संयोजकसहित र सुशीला थिङ, नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायण आचार्य, नेकपा (माओवादी केन्द्र)बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की रहेका छन् ।

समितिलाई छानबिन तथा अध्ययनका लागि २१ दिनको समय दिइएको सभामुख घिमिरेले जानकारी गराए ।

समितिको प्रतिवेदनमा गडबडी गर्ने काममा कसैको संलग्नता देखिए प्रचलित कानुन बमोजिम कारबाही पर्नुपर्ने वा नपर्ने भन्ने सुझाव दिने कार्यादेश विशेष समितिलाई दिइएको उनले बताए ।

राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित गरिएको व्यवस्था भन्दा फरक प्रावधान सहितको विधेयक संसदबाट पारित भएको थियो । सत्ता पक्ष र विपक्ष दुबै दल विधेयकमा चलखेल भएको निष्कर्षमा पुगेपछि छानविन समिति गठन गरिएको हो ।

कुलिङ पिरियडमाथि गडबडी भएको पाइएपछि विभिन्न दलका सांसदहरूले छानबिन गरि दोषीलाई कारवाही गर्नुपर्ने माग गरेका थिए ।

प्रतिकृया दिनुहोस्