×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

सूचना/प्रविधि

यस्तो थियो विश्वको पहिलो ल्यापटप ! मूल्य कति ?

यस्तो थियो विश्वको पहिलो ल्यापटप ! मूल्य कति ?

विश्वमा पहिलोपटक आम प्रयोगको पूर्ण विद्युतीय डिजिटल कम्प्युटरको निर्माण भएको सन् १९४५ मा हो । अमेरिकामा बनेको इनियाकलाई विश्वको पहिलो कम्प्युटर मानिन्छ ।

त्यसोभए विश्वको पहिलो ल्यापटप चाहिं कुन हो त ? अनि यसको आविष्कार कसले गरेका हुन् ?

वास्तवमा सूचना प्रविधिको क्षेत्रमा एक प्रकारले क्रान्ति नै ल्याएको उपकरण ल्यापटपको विकास भएको ४५ वर्ष पुगिसकेको छ ।
सन् १९८१ मा विश्वको पहिलो ल्यापटप बनेको हो । यसको नाम अस्बर्न १ हो ।

विश्वको पहिलो ल्यापटप अस्बर्नको वजन ११ केजी थियो । यो ल्यापटपको स्क्रिन चाहिं अहिलेको स्मार्टफोनको जत्रै अर्थात् केवल ६ इन्चको मात्रै थियो । त्यो स्क्रिन पनि मोनोक्रोम सिआरटी स्क्रिन थियो ।

यो ल्यापटपमा ५.२५ इन्च फ्लोपी डिस्क ड्राइभ थियो भने र्‍याम ६४ किलोबाइटको थियो । रोचक त के भने यो ल्यापटपमा कुनै ब्याट्री थिएन । त्यसैले यसलाई चलाउनका लागि जतिबेला पनि बिजुलीमै जोड्नु पर्थ्यो ।

यो ल्यापटपको मूल्य १७९५ डलर तोकिएको थियो । त्यस समयको हिसाबले यो निकै चर्को मूल्य हो । तर यहीँ अधिक मूल्यले सो ल्यापटपलाई लोकप्रिय बनाउन मद्दत गर्‍यो ।

अस्बर्न एकपछि पनि धेरै ल्यापटप निर्माण भए । तर, यो एउटा यस्तो ल्यापटप थियो, जसले कम्प्युटर उद्योगमा क्रान्ति नै ल्याइदियो ।

यो पहिलो पोर्टेबल कम्प्युटर थियो, जसलाई यात्राका क्रममा सँगै लैजान सकिन्थ्यो । सोही विशेषताका कारण ११ केजी तौल तथा चलाउनका लागि बिजुलीमा जोडिरहनु पर्नाका बाबजुत पनि यसलाई ल्यापटप भनियो । वास्तवमा यो अगाडिपट्टि किबोर्ड भएको सुटकेस जस्तै देखिन्थ्यो ।

प्रतिकृया दिनुहोस्