×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

मधेश प्रदेश प्रमुख कर्णले लिए शपथ

मधेश प्रदेश प्रमुख कर्णले लिए शपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मधेश प्रदेशका प्रमुख सुरेन्द्र लाभ कर्णलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले कर्णलाई मधेश प्रदेश प्रमुखमा नियुक्त गर्दै पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

संविधानको धारा १६३ को उपधारा (२) बमोजिम कर्णलाई राष्ट्रपति पौडेलले मधेश प्रदेश प्रमुखमा नियुक्त गरेका राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, सभामुख देवराज घिमिरे लगायतका उपस्थिति थियो । सोमबारको मन्त्रिपरिषद् बैठकले सुमित्रा सुवेदी भण्डारीलाई मधेश प्रदेश प्रमुखबाट पदमुक्त गरेको थियो ।

भण्डारीले संविधान विपरीत सर्लाहीको बर्दिवासमा नेकपा एमालेका सरोज कुमार यादवलाई एकाबिहानै मुख्यमन्त्री नियुक्त गरेर होटलमै शपथ गराएकी थिइन् ।

भण्डारीको कदमको विरोध गर्दै सोमबार दिनभर मधेश प्रदेश मुकाम जनकपुर तनाग्रस्त बनेको थियो । प्रदेशसभाका असन्तुष्ट दलहरूले मुख्यमन्त्रीको कार्यालय समेत तोडफोड गरेका थिए ।
 

प्रतिकृया दिनुहोस्