×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

खड्काको अध्यक्षतामा कांग्रेस पदाधिकारी बैठक जारी

खड्काको अध्यक्षतामा कांग्रेस पदाधिकारी बैठक जारी

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा उपसभापति खड्काको अध्यक्षतामा पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठक सुरु भएको सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले जानकारी दिइन् ।

दिउँसो एक बजेका लागि बोलाइएको बैठक आधा घण्टा ढिलो गरी सुरु भएको हो । जेनजी आन्दोलनका क्रममा सभापति देउवालाई भदौ २४ गते आन्दोलनकारीले आफ्नै निवास बुढानीलकण्ठमा घरबाट बाहिर निकाली कुटपिट गरेका थिए । कुटपिटबाट देउवाको गर्दनमा गहिरो चोट लागेको थियो । त्यो चोटमा १२ टाँका लगाइएको थियो । उनको घाउ पूर्ण रूपमा निको भइनसकेकाले बैठकमा नआएको नेताहरूले बताएका छन् ।

बैठकले असोज २६ गतेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गर्नेछ । बैठकमा इतर समूहका नेता डा।शेखर कोइराला पनि सहभागी छन् ।

प्रतिकृया दिनुहोस्