×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

अझै ३२ स्थानमा सडक अवरुद्ध

अझै ३२ स्थानमा सडक अवरुद्ध

काठमाडौँ । बाढी पहिरोका कारण अझै ३२ स्थानमा सडक अवरुद्ध रहेको छ  । बुधबार  सडक विभागले सार्वजनिक गरेको विवरण अनुसार देशका विभिन्न राजमार्गका ३२ स्थानमा अवरुद्ध रहेको छ । 

विभागकाअनुसार बीपी राजमार्गमा बाढी पहिरोका कारण  १८ स्थानमा सडक अवरुद्ध बनेको छ । मेची राजमार्ग १० स्थानमा, भेडेडार रबि राँके सडक पाँचथरमा सडक अवरुद्ध भएको छ ।

यस्तै ताप्लेजुङ्को फक्ताङलुङ–५ र ६  जोड्ने रानीपुल बेलीब्रिज बाढीले बगाउँदा तमोर करिडोर अवरुद्ध छ । सङ्खुवासभाको अल्फटेमा पहिरोका कारण कोशी राजमार्ग अवरुद्ध छ ।

त्यस्तै गत असारमा चीनतर्फबाट आएको बाढीले तातोपानी, टिमुरेमा क्षति गर्दा स्याफ्रुवेंसी–रसुवागढी सडक पूर्ण रूपमा अवरुद्ध छ । अवरुद्ध भएका सडकमा विभागले उपकरणहरू परिचालन गरी खुलाउने प्रयास भइरहेको जनाएको छ । 

प्रतिकृया दिनुहोस्