×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

सतुङ्गलको कपडा गोदाममा आगलागी

सतुङ्गलको कपडा गोदाममा आगलागी

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर ११ सतुङ्गलस्थित कपडा गोदाममा आगलागी भएको छ । आर.आर. कम्प्लेक्सको भुइँतलामा रहेको गोदाममा आज बिहान ५ः२० बजेतिर आगो लागेको हो ।

६ वटा दमकल र १५ वटा पानी ट्यांकर प्रयोग गरी आज बिहान सात बजे आगो नियन्त्रणमा लिइएको थियो । क्षतिको विवरण भने आउन बाँकी रहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराले जानकारी दिए ।

आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिएका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौंबाट प्रहरी बरिष्ठ उपरीक्षक विश्व अधिकारी, प्रहरी नायव उपरीक्षक सुन्दर तिवारी लगायत आगलागी भएको स्थानमा पुगेका थिए । प्रहरी वृत्त थानकोटबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा १५ जना, प्रहरी प्रभाग बलम्बुबाट प्रहरी निरीक्षकको कमाण्डमा १२ जना, मातातिर्थबाट ४ जना खटिएका थिए ।

बुधबार काठमाडौंको मखन टोलमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस्