×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

''जनवादी गीत देशको लागि सङ्गीत" मण्डला थियटरमा सम्पन्न

''जनवादी गीत देशको लागि सङ्गीत" मण्डला थियटरमा सम्पन्न

काठमाडौ । पिपुल्स स्टुडियोको आयोजनामा जनवादी गीत देशको लागि सङ्गीत कार्यक्रम आज मण्डला थियटरमा सम्पन्न भएको छ । कार्यक्रम दिउँसो १:३० बजे बाट ३ बजे सम्म भएको थियो । कार्यक्रममा   जनवादी कलाकारहरुले एक दर्जन बढी गीत गाएका थिए ।

नेपालको राजनीतिक परिवर्तनमा जनवादी गीत–संगीतको महत्त्वपूर्ण भूमिका रहेको र हालसम्मका परिवर्तनका आन्दोलनहरूमा जनवादी गीतले सशक्त भूमिका निर्वाह गर्दै आएको कलाकारहरुले बताए। राजनीतिक परिवर्तन ल्याउनमा भूमिका खेलेका यिनै प्रगतिशील गीत–संगीत छायामा परेकोले पनि यस्तो कार्यक्रम समय समयमा आयोजना गर्नुपरेको बताए । कार्यक्रममा वरिष्ठ जनवादी गीतकार तथा संगितकार मणी थापा, माइला लामा, केशर कालिकोटे, सुसिल सिं ठकुरी, रमन थामी, केशरी घर्ती मगर, निर्मला घिसिङ, आरोह नेपाली, अनिस योञ्जन लगायतका कलाकारहरुले प्रस्तुति दिएका थिए । 

बाध्यवाधकहरुमा दिपक थापा, अनुप श्रेष्ठ, गेम थापा, अनिल मगर, सफल सोडारी, असल वाइबा, धिरज नाथल लगायत रहेका थिए । कार्यक्रममा सागर तर्ने यात्रीहरु, सलाम इच्छुक, काँडाहरुको विचमा, एक जाँती, ए मान्छे, देशको लागि, भ्रष्टाचार, कसले बनायो, गोठालो दाई, छलिया र ओ गणतन्त्र लगायतका शिर्षक रहेका १२ वटा गीत प्रस्तुत गरिएको थियो । 

कार्यक्रममा नेकपाका महासचिव नेत्र विक्रम चन्द, नेकपा माओवादी केन्द्रका सचिव तथा बागमति प्रदेशका इन्चार्ज हितमान शाक्य, नेकपा माओवादी केन्द्र बागमती प्रदेशका अध्यक्ष सरल सहयात्री, नेकपा माओवादी केन्द्र कला साहित्य तथा संस्कृति विभाग प्रमुख महेश्वर दाहाल, नेकपा माओवादी केन्द्रका संघिय सांसद रणेन्द्र बराइली लगायत नेताहरु र अन्य सबै राजनैतिक पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रम हल दर्शहरुले खचाखच भरिएको थियो । डेड घण्टाको समय रहेको कार्यक्रम सकिएको पत्तै नपाएको दर्शकहरुले बताए । सधै जसो नाटक हेर्न आउने ठाउँ आज भने जनवादी गीत संगितको कार्यक्रम हेर्न आउनेहरुको उपस्थितिले भरिएको थियो । 

पछिल्लो चरण जनयुद्ध लडेका सबै माओवादी एक हुनुपर्छ भन्ने राजनितिक विषयमा आ—आफ्ना पार्टीहरुमा छलफल भइरहेका बेला माओवादी सम्बन्धीत सबै अग्रज कलाकार देखि अहिलेका उदाउँदा कलाकारहरुले समेत सबै माओवादीहरु फेरी एक ठाउँ एक जुट भएर बाकी क्रान्ति पुरा गर्नुपर्छ भन्ने कार्यक्रमको समग्र सन्देश बुझ्न सकिन्थ्यो ।  

 

प्रतिकृया दिनुहोस्