×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

प्रचण्डको सचिवालयबाट गंगा दाहालले दिइन् राजीनामा

प्रचण्डको सचिवालयबाट गंगा दाहालले दिइन् राजीनामा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालले पार्टी सचिवालयबाट राजीनामा दिएकी छन् । सोमबार दाहालले सामाजिक सञ्जाल फेसबुकबाट राजीनामाको घोषणा गरेकी हुन् । 

दाहालले निरन्तर आफूलाई देखाएर पार्टीका संयोजक प्रचण्ड र समग्र पार्टीविरुद्ध योजनाबद्ध प्रहार भइरहेका कारण सचिवालयको जिम्मेवारीबाट राजीनामा दिएको बताएकी छन् ।

उनले भनेकी छन्– ‘निरन्तर मलाई देखाएर नेकपा (माओवादी केन्द्र) का संयोजक प्रचण्ड र समग्र पार्टीविरुद्ध योजनाबद्ध प्रहार भइरहेका कारणले यस्तो अवस्थामा मैले सचिवालयको जिम्मेवारीबाट बाहिरिँदा नै बुवा, पार्टी र आन्दोलनको लागि राम्रो होला भन्ने निष्कर्षमा पुगेर बुवाको सचिवालयबाट राजीनामा दिएको छु ।’

 उनले पार्टीको जिम्मेवार कार्यकर्ता भएकाले आजीवन रूपमा पार्टीमा भने क्रियाशील रहने जनाएकी छन् । दाहालले सचिवालयमा रहँदा पार्टीका नेता, कार्यकर्ताहरू र आम नागरिकले गरेको सहयोगप्रति हार्दिक आभार समेत व्यक्त गरेकी छन् । 

Capture

प्रतिकृया दिनुहोस्