×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

मनोरञ्जन

‘नेपाल आइडल’ छैटौं सिजनको उपाधि गंगा सोनामलाई

‘नेपाल आइडल’ छैटौं सिजनको उपाधि गंगा सोनामलाई

काठमाडौं । टिभी रियालिटी शो ’नेपाल आइडल’ सिजन ६ को उपाधि सिन्धुपाल्चोककी गंगा सोनामले जितेकी छन् । आइतबार सम्पन्न ग्राण्ड फिनालेमा उनले अन्य चार प्रतिस्पर्धीलाई पछि पारिन् । संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विजेता सोनामलाई ट्रफी हस्तान्तरण गरे ।

विजयी भएसँगै गंगाले नगद २५ लाख रुपैयाँसहित पुरस्कार जितिन् ।

बबिता थापामगर फस्ट रनरअप र दर्शना गान्धारी सेकेन्ड रनरअप घोषित भए । उनीहरूले क्रमशः नगद १० लाख र ५ लाख रूपैयाँसहित विभिन्न उपहार प्राप्त गरे ।

दर्शकको भोटका आधारमा विजेता घोषणा गरिएको हो । अभिनय खाती चौथो बने भने मृनल मानन्धर पाँचौ । यी दुवैले १ लाख रूपैयाँ पुरस्कार जिते। ।

न्ह्यू बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी निर्णायक थिए । आसिफ शाहले होस्ट गरेका थिए । यसअघि बुद्ध लामा, रवी ओड, सज्जा चौलागाईं, भूपेन्द्र थापा मगर र करण परियारले उपाधि जितेका थिए ।

प्रतिकृया दिनुहोस्