×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

शिक्षकको आन्दोलनमा विप्लव नेतृत्वको नेकपाको ऐक्यबद्धता

शिक्षकको आन्दोलनमा विप्लव नेतृत्वको नेकपाको ऐक्यबद्धता

काठमाडौँ । विप्लव नेतृत्वको नेकपाले नेपाल शिक्षक महासंघको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ । बिहीबार विज्ञप्ति जारी गर्दै नेकपाको शिक्षा तथा स्वास्थ्य सरोकार विभागले २० गतेदेखि जारी आन्दोलनमा ऐक्यबद्धता जनाएको हो ।

देशभरिका हजारौँ शिक्षक, शिक्षिकाहरू र विद्यालयका कर्मचारीहरूले राजधानीमा गरिरहेको न्यायपूर्ण आन्दोलन प्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । सर्वप्रथम आन्दोलन प्रति ऐक्यबद्धता जाहेर गर्दै पूर्ण सफलताको शुभकामना,’, विभाग प्रमुख भेषराज सीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाली शिक्षकहरूले वैज्ञानिक व्यवहारिक, जीवन उपयोगी, निःशुल्क र सर्वसुलभ शिक्षा तथा मर्यादित शिक्षण पेसाका निम्ति निकै लामो, कठिन र बलिदानीपूर्ण संघर्ष गर्दै आएका

छन् । अहिले सम्मका सबै सरकारहरूले शिक्षकहरूको आन्दोलन चर्किँदै जाँदा आन्दोलनलाई मत्थर पार्ने नियतका साथ शिक्षकहरूका माग पुरा गर्ने सम्झौता गर्दछ तर सरकारले आफैले गरेको सम्झौता लागु गर्दैन यस्तो क्रम बारम्बार दोहरिएका कारण सरकार प्रति शिक्षकहरूको विश्वास गुम्दै गएको छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘अब शिक्षकहरू उधारो सम्झौतामा नरोकिने र माग पुरा गराएर मात्र आन्दोलन रोक्ने उद्घोषका साथ आन्दोलनमा होमिनुले शैक्षिक क्षेत्र अस्तव्यस्त बन्न पुगेको छ । यो राज्यका निम्ति निकै गम्भीर विषय हो । शिक्षकका न्यायपूर्ण मागहरू प्रति सरकार गम्भीर बनोस् र नयाँ शिक्षा ऐन तत्काल पारित गरी शिक्षकहरूलाई तत्काल विद्यालय फर्कने वातावरण सिर्जना गरोस् भनी सरकारको ध्यानाकर्षण गरिन्छ ।’ 

 

प्रतिकृया दिनुहोस्