काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा ८ सय रुपैयाँ घटेर प्रतितोला एक लाख ९४ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा ५० रुपैयाँ घटेर प्रतितोला दुई हजार एक सय ५० रुपैयाँमा कारोबार भैरहेको छ ।