×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

‘जनताले विश्वास गरे प्रधानमन्त्री बनेर देशको मुहार फेर्छौ’

‘जनताले विश्वास गरे प्रधानमन्त्री बनेर देशको मुहार फेर्छौ’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का महासचिव विप्लव सीले जनताले विश्वास गरे प्रधानमन्त्री बनेर देशको मुहार फेर्ने दृढता व्यक्त गरेका छन्। सो पार्टीनिकट अखिल (समाजवादी)द्वारा आज आयोजित जेनजी’ सँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो दृढता व्यक्त गरेका हुन्।
महासचिव विप्लव सीले आगामी निर्वाचनमा पार्टी चुनावी मैदानमा उत्रिने उल्लेख गर्दै जनताले विश्वास गरेमा प्रधानमन्त्री बनेर देशको मुहार फेर्ने दृढता व्यक्त गरे । उनले विगतमा बन्दुक बोकेको, जेल बसेको र किताब पढेको अनुभव सुनाउँदै नयाँ उद्योगधन्दा चलाएर र काम गरेर देश बनाउने योजना रहेको बताए। उनले भने- ‘यो देशलाई राम्रो बनाउने हाम्रो सपना छ ।

हामीले बन्दुक पनि बोक्यौ,जेल पनि गयौँ,किताव पनि पढ्यौँ । अहिले नयाँ उद्योगधन्दा पनि चलाउँछौँ, काम गर्छौँ । यदी नेपालका किसान,मजदुर, बद्धिजिवी, व्यापारी, मध्यम वर्गले, शहरले, गाउँले हामीलाई मौका दिनुहुन्छ भने तिमीहरु एक चोटी गरेर देखाउ न भनेर तपाईहरुले जिम्मा दिनुहुन्छ भने एकचोटी यो देशको प्रधानमन्त्री भएर, कार्यकारी प्रमुख भएर गोरु जस्तो जोतेर देशको सेवा गर्ने चाहना पनि नेकपा माओवादीको छ,यो हामी गर्छौँ। ‘
महासचिव विप्लव सीले आगामी फागुन २१ का लागि तय गरिएको निर्वाचन हुनेमा भने गम्भीर शंका व्यक्त गर्दै सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले निर्वाचन गराउने कुरामा कसैको विश्वास नरहेको बताए। उनले प्रहरी र कर्मचारीको खस्किएको मनोबल, लुटिएका हतियार फिर्ता नहुनु र राज्यसँग रकमको अभाव जस्ता कारणले तोकिएको समया चुनाव गर्न असम्भव जस्तै भएको बताए ।

महासचिव विप्लव सीले आन्दोलनका क्रममा प्रहरीमाथि भएको हिंसाले उनीहरूको मनोबल गिरेको र १६ सय हतियार अझै फिर्ता नभएको तथ्य प्रस्तुत गर्दै यस्तो अवस्थामा शान्तिपूर्ण निर्वाचन चुनौतीपूर्ण रहेको बताए ।

यसैगरी, महासचिव विप्लव सीले वर्तमान राजनीतिक संकटको निकासका लागि सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुको बिकल्प नभएको बताए। उनले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीको व्यवस्थामा जानुपर्ने बताउदै भने- ‘जेनजी’ पुस्ताले पनि प्रत्यक्ष निर्वाचित कार्यकारी नै खोजेको छ। नयाँ शक्तिहरूको उदय हुनुपर्ने समयमा पुराना शक्तिहरू सलबलाउन थालेका छन । वर्तमान सरकारले भ्रष्टाचारीलाई कारबाही गर्ने युवाहरूको माग पूरा गर्न सकेको छैन।’

प्रतिकृया दिनुहोस्