×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

युवाहरू तयार भए पद छाड्न तयार छु : प्रधानमन्त्री ओली

युवाहरू तयार भए पद छाड्न तयार छु : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरू तयार भए आफू पद छोड्न तयार रहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले युवाहरूको समय रहेको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले युवाहरू अघि बढेर देश विकासमा लाग्नुपर्ने बताउँदै युवाहरू तयार भए आफू पद छोड्न तयार रहेको पनि बताए ।

‘यो युवाहरूको समय हो । युवाहरू अगाडि बढ्नुपर्छ । युवाहरूले गर्नसक्नुपर्छ । यो कुरा थाहा पाएपछि भन्छन्, तपाईंले किन पद नछोडेको ?,’ प्रधानमन्त्री ओलीले भने, ‘म त छोड्न तयार नै छु नि । युवाहरू तयार हुनुपर्‍यो नि त । म इन्करेज गर्न चाहन्छु युथहरूलाई ।’

प्रधानमन्त्री ओलीले वैज्ञानिक खोज, अध्ययनसँगै नयाँनयाँ विकास, आविष्कार र प्रगति भएको पनि बताए ।

प्रतिकृया दिनुहोस्