×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

कोटेश्वरको बज्राचार्य गहना उद्योगमा राजस्वको छापा

कोटेश्वरको बज्राचार्य गहना उद्योगमा राजस्वको छापा

काठमाडौँ । काठमाडौँ महानगरपालिका–३२ कोटेश्वर स्थित बज्राचार्य गहना उद्योगमा राजस्व अनुसन्धान विभागले छापा मारेको छ । विभागबाट खटिएका अनुसन्धान अधिकृत र सशस्त्र प्रहरीका डीएसपी नेतृत्वको टोलीले गहना उद्योगबाट ६२१ ग्राम काँचो सुन बरामद गरेको छ ।

पसल र कारखानाबाट बरामद गरिएको काँचो सुनबारे अनुसन्धान भइरहेको राजस्व अनुसन्धान विभागका महानिर्देशक तीर्थराज चिलुवालले बताए । उनले भने, ‘सो गहना उद्योगमा राजस्व छलीको सुनको कारोबार हुने गरेको सूचना हामीसँग थियो ।’

बज्राचार्य गहना उद्योगबाट बरामद सुन र बिलबिजकबारे विभागले अनुसन्धान गरिरहेको छ । 

प्रतिकृया दिनुहोस्