×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

राज्य व्यवस्था समिति सभापतिको निर्वाचन ११ गते

राज्य व्यवस्था समिति सभापतिको निर्वाचन ११ गते

काठमाडौं । प्रतिनिधि सभा अर्न्तगतको राज्य व्यवस्था समिति सभापतिको निर्वाचन यही भदौ ११ गतेलाई तोकिएको छ । सभामुख देवराज घिमिरेले सोमबार निर्वाचन तालिका तोकेका हुन् ।

निर्वाचनको मिति तय गर्नुअघि सभामुख घिमिरेले आइतबार दिनभर राजनीतिक दलसँग छलफल गरेका थिए । राज्य व्यवस्था समितिको सभापति पद गत साउन २८ गतेदेखि रिक्त छ । रिक्त पदमा १५ दिनभित्र निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ ।

निजामती सेवा विधेयकको कुलिङ पिरियडको गडबडीमा यसअघिका सभापति रामहरि खतिवडाले राजीनामा दिएका थिए । राज्य व्यवस्था समिति नेतृत्वबीहिन हुँदा समितिमा रहेका विधेयक भने अड्किएका छन् । समिति सचिवालयका अनुसार चार वटा विधेयक दफावार छलफलमा छ ।

नेपाल प्रहरी विधेयक, सशस्त्र प्रहरी बल विधेयक, निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक र अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक समितिमा रहेको छ । यसका अलावा ७२ भन्दा धेरै उजुरी समितिमा रहेका छन् ।

राज्य व्यवस्था समितिको बैठक बस्न नसकेको भने दुई महिना हुन लागिसकेको छ ।

प्रतिकृया दिनुहोस्