×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

मधेशमा ३ मन्त्री नियुक्त

मधेशमा ३ मन्त्री नियुक्त

जनकपुरधाम । मधेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले तीनजना मन्त्री नियुक्त गरेका छन् । मुख्यमन्त्री यादवले नेपाली कांग्रेसका जंगीलाल राय, जनमतका महेश प्रसाद यादव र नेकपा एकीकृत समाजवादीका कनिस पटेललाई मन्त्री नियुक्त गरेका हुन् ।

जनमतका महेश प्रसाद यादवले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् । कांग्रेसका जंगीलाल राय र नेकपा एकीकृत समाजवादीका कनिस पटेलको मन्त्रालय भने तोकिएको छैन ।

नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले पद तथा गोपनीयताको सपथ गराएका छन् ।

प्रतिकृया दिनुहोस्