×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

माओवादी पदाधिकारी बैठक बस्दै, स्थायी कमिटीको एजेन्डाबारे छलफल हुने

माओवादी पदाधिकारी बैठक बस्दै, स्थायी कमिटीको एजेन्डाबारे छलफल हुने

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । बैठक दिउँसो ४ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्दैछ ।

बैठकमा शनिबारदेखि सुरू हुने स्थायी कमिटी बैठकको एजेण्डाबारे छलफल हुने अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । माओवादीले गत फागुनदेखि जनतासँग माओवादी विशेष अभियान चलाएको थियो ।

अभियानअन्तर्गत मध्यपहाडी लोकमार्ग विशेष अभियान कास्कीको पोखरामा पुगेर स्थगित भएको थियो । उक्त अभियान फेरि सुरू गर्नेकी महाधिवेशनमा जाने भन्ने निर्णय गर्न माओवादीले स्थायी कमिटी बैठक बोलाएको हो ।

स्थायी कमिटीको बैठकको तयारीका लागि आज पदाधिकारी बस्न लागेको माओवादीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्