×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

राष्ट्रिय सभामा नेकपाको दलको नेता बेदुराम, प्रमुख सचेतकमा मदनकुमारी नियुक्त

राष्ट्रिय सभामा नेकपाको दलको नेता बेदुराम, प्रमुख सचेतकमा मदनकुमारी नियुक्त

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी राष्ट्रिय सभा संसदीय दलको नेतामा बेदुराम भुसाल नियुक्त भएका छन् । आज आइतबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले भुसाललाई दलको नेता नियुक्त गरेको हो ।

त्यसैगरी, प्रमुख सचेतकमा मदनकुमारी शाह ‘गरिमा’ र सचेतकमा गंगा बेलवासेलाई नियुक्त गरिएको छ।

दलको नेता नारायणकाजी श्रेष्ठ राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार बनेपछि भुसाललाई नियुक्त गरिएको नेकपाले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस्