काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको मुल्यमा किर्तीमानी रेकर्ड कायम भएको छ । आज छापावाला सुन तोलामा ३ हजार रुपैयाँ बढेर प्रतितोला दुई लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला दुई लाख ६ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदी आज तोलामा ६५ रुपैयाँ बढेर प्रतितोला दुई हजार ४ सय २५ रुपैयाँमा कारोबार भैरहेको छ ।