×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

मधेश प्रदेश

छैटौं दिनपनि मधेश प्रदेशसभा बैठक अवरोध

छैटौं दिनपनि मधेश प्रदेशसभा बैठक अवरोध

जनकपुरधाम । विपक्षी दलको अवरोधले मधेश प्रदेश सभाको बैठक शनिबार छैटौं दिनपछि स्थगित भएको छ । शनिबार बैठक सुरु भएलगतै प्रतिपक्षी  नेकपा माओवादी केन्द्रको दलका उपनेता युवराज भट्टराईले बजेटमा रहेको त्रुटि नसच्याइएसम्म अवरोध गर्ने बताए ।

उनले कार्यदलमा मन्त्रीसमेत रहेकाले स्वीकार नगर्ने बताएका छन् । यसपछि सभामुख रामचन्द्र मण्डलले आर्थिक वर्ष २०८२/०८३ को बजेटमा देखिएका त्रुटि सच्याउन बनेको कार्यदलको संयोजकबाट राजिनामा दिएका छन् ।

मुख्यमन्त्री सतिशकुमार सिंहको आग्रहमा गठित ६ सदस्यीय कार्यदलमा भौतिक पूर्वाधार मन्त्री सरोजकुमार यादवलाई राखिएपछि प्रतिपक्षले आपत्ति जनाउँदै लगातार अवरोध गरेपछि मण्डलले संयोजकत्वबाट पन्छिने निर्णय गरेका हुन् ।

उनले समय अभावका कारण त्रुटि सच्याउन नसकिने भन्दै प्रतिपक्षलाई छलफलमार्फत विवाद समाधान गर्न आग्रह गरे पनि सहमति नजुटेपछि राजीनामा गरेका हुन् ।

राजीनामा दिँदै उनले कार्यदलमा मन्त्री रहने अभ्यास विगतमा नभएको स्वीकार्दै कार्यदलमा सरकारलाई अल्पमतमा पनि नरहने गरेको जिकिर गरे ।

गत बिहीबार प्रदेश सभामा सभामुख मण्डलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन भएको थियो । तर त्यसमा सरकारका भौतिक पूर्वाधार विकासमन्त्री यादवलाई राखेपछि विपक्षी दलले प्रश्न उठाइरहेका छन् ।

विपक्षी दलले मन्त्री रहेसम्म कार्यदल नस्वीकार्ने र माग पूरा नभएसम्म अवरोध जारी राख्ने बताएपछि सभामुख मण्डलले १० मिनेटका लागि संसद बैठक स्थगित गरेका छन् ।

प्रतिकृया दिनुहोस्