×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

आजबाट नागढुंगा-नौबिसे सडकखण्ड दिउँसो ४ घण्टा बन्द

आजबाट नागढुंगा-नौबिसे सडकखण्ड दिउँसो ४ घण्टा बन्द

काठमाडौं । दैनिक ४ घण्टा बन्द गरेर नागढुंगा–नौबिसे सडकखण्ड सुधारको काम भइरहेको छ । आजदेखि १५ दिनसम्म बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म बाटो बन्द गरेर नागढुंगा मुग्लिन सडक योजना पूर्वीखण्डले जानकारी गराएको छ ।

आज सो सडकखण्डमा पर्ने पिपलामोडमा पिच लगायतका सडक सुधारको काम भइरहेको छ । सडक निर्माणको काम भइरहेको समयमा काठमाडौंबाट जाने सवारीसाधन नागढुंगा र नौबिसेतर्फबाट आउने सवारीसाधन खानीखोलानमा रोकिएको छ ।

यो समयमा धार्के–सीतापाइला तथा टोखा–छहरे–त्रिशूली–गल्छी सडक प्रयोग गर्न अनुरोध गरिएको छ । यसअघि यो खण्डमा रातिको समयमा सवारी साधन बन्द गरेर काम हुँदै आएको थियो । अब जेठको २५ गतेसम्म दिउँसो ४ घण्टा सडक बन्द गरेर सुधारका काम हुने बताइएको छ ।

प्रतिकृया दिनुहोस्