×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

फागुन २१ गते हुने चुनावमा भाग लिने निर्णय गरेका छौँ : प्रचण्ड

फागुन २१ गते हुने चुनावमा भाग लिने निर्णय गरेका छौँ : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले आगामी फागुन २१ गते हुने चुनावमा भाग लिने निर्णय गरेको छ । सोमबार पेरिसडाँडामा बसेको पार्टीको सचिवालय बैठकले सो निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै सो पार्टीको महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले भने, ‘हामीले चुनावमा जाने निर्णय गरेका छौँ । यो विषयमा अरु पार्टीहरुसँग पनि छलफल गछौँ ।’ 

संयोजक प्रचण्डले सबै राजनीतिक दल निर्वाचनमा सहभागी हुनुपर्छ भन्ने पक्षमा माओवादी रहेको पनि बताए । 

‘हामी कसरी अघि बढ्ने भन्ने कुरामा केन्द्रीय समितिबाट निर्णय गरिसकेका छौँ । हामी घोषित मितिमा चुनाव हुनुपर्छ र सबै राजनीतिक दल निर्वाचनमा सहभागी हुनुपर्छ भन्ने छ’, उनले भने, ‘र, हाम्रो पार्टी सक्रियतासाथ निर्वाचनमा भाग लिन्छ । अहिले अन्य राजनीतिक दलहरूसँग पनि छलफल भइरहेको छ । केही समयपछि त्यसको परिणाम पनि देखिन्छ ।’

प्रतिकृया दिनुहोस्