×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

खेलकुद

मैत्रीपूर्ण फुटबलमा नेपालले आज हङकङसँग खेल्दै

मैत्रीपूर्ण फुटबलमा नेपालले आज हङकङसँग खेल्दै

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आज हङकङसँग खेल्दैछ । खेल हङकङको हङकङ नेसनल स्टेडियममा आज साँझ नेपाली समय अनुसार पौने ६ बजे सुरु हुनेछ ।

नेपालले ३७ वर्षपछि हङकङसँग फुटबल खेल खेल्न लागेको हो । फिफा वरियतामा हङकङ नेपाल भन्दा अघि १५३औं स्थानमा छ । नेपाल १७५औं स्थानमा छ ।

नेपाल र हङकङबीच यसअघि भएको एक मात्र खेल बराबरीमा सकिएको थियो । सन् १९८८ मा काठमाडौंको दशरथ रंगशामा भएको एसियन कप छनोटको उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो ।

एएफसी एसियन कप छनोटको खेल खेल्नुअघि नेपाल र हङकङले तयारीस्वरुप मैत्रीपूर्ण खेल खेल्न लागेका हुन् । छनोटको समूह एफमा रहेको नेपालले यही जुन १० मा लाओससँग अवे खेल खेल्दैछ । उक्त खेल खेल्नुअघि हङकङसँगको खेलले नेपाललाई राम्रो तयारी हुने विश्वास छ ।

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले बुधबार भएको प्रि म्याच कन्फ्रेन्समा हङकङ राम्रो टिम भएपनि नेपालले उच्च मनोबलका साथ खेल्ने र जितकै लागि खेल्ने बताएका थिए । रोसले यो मैत्रीपूर्ण खेल मात्र नभई लाओस विरुद्धको खेलका लागि तयारी समेत रहेको बताएका छन् ।

यस्तै कप्तान किरण चेम्जोङले विपक्षीलाई सम्मान गर्दै राम्रो प्रदर्शन गर्ने बताएका थिए ।

प्रतिकृया दिनुहोस्