×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

प्रधानमन्त्री ओली रसुवाको बाढीग्रस्त क्षेत्र अवलोकनमा जाँदै

प्रधानमन्त्री ओली रसुवाको बाढीग्रस्त क्षेत्र अवलोकनमा जाँदै

काठमाडौं । रसुवामा बाढी पहिरोले पुर्‍याएको क्षतिको अवलोकन गर्न प्रधानमन्त्री केपी शर्मा ओली त्यसतर्फ जाने भएका छन् । सोमबार राति आएको रसुवाको क्षतिग्रस्त ठाउँको अवलोकन गर्न प्रधानमन्त्री ओली सहित गृहमन्त्री रमेश लेखक र अर्थमन्त्री विष्णु पौडेल जाने भएका हुन् ।

बालुवाटार स्रोतका अनुसार दुई वटा हेलिकोप्टरबाट क्षतिग्रस्त क्षेत्रमा प्रधानमन्त्री ओलीसहितको टोली जान लागेको हो । प्रधानमन्त्री ओली बालुवाटारबाटै उड्ने छन् भने गृहमन्त्री लेखक र अर्थमन्त्री पौडेल अर्को हेलिकोप्टरमा जाने भएका छन् ।

बाढीग्रस्त क्षेत्रमा तीन वटै सुरक्षा निकायमा प्रमुख पनि जाने भएका छन् । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका प्रमुख दीपक थापा र सशस्त्र प्रहरीका प्रमुख राजु अर्याल बाढीग्रस्त क्षेत्रमा जान लागेका हुन् ।

प्रतिकृया दिनुहोस्