×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

सम्पत्ति शुद्धीकरण मुद्दामा गणेश लामाले पाए सफाइ

सम्पत्ति शुद्धीकरण मुद्दामा गणेश लामाले पाए सफाइ

काठमाडौं । सर्वोच्च अदालतले गणेश लामालाई सम्पत्ति शुद्धीकरणको आरोपमा सफाइ दिएको छ । विशेष अदालतको फैसला उल्ट्याउदै सर्वोच्च अदालतले लामालाई आरोपबाट सफाइ दिएको हो ।

लामा २४ साउन, २०७५ मा विशेष अदालतबाट दोषी ठहर भएका थिए । उनलाई त्यतिबेला एक करोड ४० लाख विगो र एक वर्ष कैद सजाय तोकेको थियो । सर्वोच्च अदालतले दावी नपुग्ने भन्दै सफाइ दिएको हो ।

लामामाथि जेठ, २०७० मा २७ करोड रुपैयाँ गैरकानुनी आर्जन गरेको भनी सम्पत्ति शुद्धीकरणको मुद्दा चलेको थियो ।

प्रतिकृया दिनुहोस्