×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

संसदको अवरोधबारे माओवादी केन्द्रले विपक्षी दलहरूसँग छलफल गर्दै

संसदको अवरोधबारे माओवादी केन्द्रले विपक्षी दलहरूसँग छलफल गर्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले संसदको अवरोधबारे विपक्षी दलहरूसँग छलफल गर्दैछ ।

प्रवक्ता अग्नि सापकोटाका अनुसार आजै विपक्षी दलहरूसँग छलफल हुनेछ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ । त्यस भन्दा अगाडि माओवादीले विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एकीकृत समाजवादीसँग छलफल गर्न लागेको हो ।

प्रतिनिधि सभामा विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा छानबिनको माग राखेर आवरोध गर्दै आएका छन् । यसमा सरकार र सत्तापक्ष तयार भएको छैन ।

माओवादीले सत्तापक्षसँग समेत छलफल गरेर संसदको गतिरोध अन्त्यका लागि अधिकतम प्रयास गर्ने निर्णय पनि गरेको छ । बिहीबार बिहान माओवादीको पदाधिकारी बैठकले बसेको थियो । उक्त बैठकले यस्तो निर्णय गरेको हो ।

प्रतिकृया दिनुहोस्