×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

बागमतीका ३ मन्त्रीको शपथ स्थगित

बागमतीका ३ मन्त्रीको शपथ स्थगित

मकवानपुर । बागमती प्रदेश सरकारका नव नियुक्त मन्त्रीहरूको आजका लागि तय गरिएको शपथग्रहण कार्यक्रम स्थगित गरिएको छ। प्रदेश प्रमुखको कार्यालयद्वारा बुधबार सार्वजनिक गरिएको सूचनामा उल्लेख गरिए अनुसार दिउसो १ बजे तोकिएको शपथ समारोह स्थगित गरिएको हो ।

प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाको स्वास्थ्यमा अचानक समस्या देखिएकोले उपचारको लागि काठमाडौँ जानुपरेकाले शपथ ग्रहण कार्यक्रम रोकिएको हो ।

सोही कारण आजको समारोहमा उपस्थित हुन नसक्ने भएकाले शपथ ग्रहण कार्यक्रम अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको सूचनामा उल्लेख छ । प्रदेश प्रमुख देवकोटा उपचारका लागि काठमाडौँ प्रस्थान गरिसकेको प्रदेश प्रमुखका प्रवक्ता देवेन्द्र सापकोटाले जानकारी दिए । 
 

प्रतिकृया दिनुहोस्