×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

मनोरञ्जन

चलचित्र ‘मिरमिरे’ मा अभिनेता दयाहाङ राई मुख्य भूमिकामा

चलचित्र ‘मिरमिरे’ मा अभिनेता दयाहाङ राई मुख्य भूमिकामा

काठमाडौँ । चलचित्र ‘मिरमिरे’ मा अभिनेता दयाहाङ राई मुख्य भूमिकामा देखिने भएका छन् । निर्माण युनिटले चलचित्रको मुख्य भूमिकामा उनलाई अनुबन्धित गरेको हो । चलचित्र यम शेर्पाले निर्देशन गर्न लागेका हुन् । ‘कथा अनुसार दयाहाङ चलचित्रमा फिट हुने देखेर हामीले लिएका हौँ, निर्देशक शेर्पाले भने ।

शेर्पाका अनुसार चलचित्रका लागि अन्य कलाकार छनोट बाँकी छ । चलचित्रमा चलेकै कलाकार रहनेछन् । यार्सा फिल्मसको प्रस्तुति रहने चलचित्रले ग्रामीण परिवेशको सामाजिक कथा भन्नेछ । 

चलचित्रको केही अगाडि थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा भएको थियो । जसन पोस्टरमा एक महिला र एक पुरुष पात्र अटाएका छन् । उनीहरू मिरमिरे बिहानीमा सूर्यको कलिलो किरणको स्पर्शमा उतै फर्किरहेको देखाइएको छ ।

निर्देशन शेर्पाकै स्टोरी रहेको चलचित्रमा निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहनेछन् । सहनिर्माता गोविन्द बोहरा र ईश्वर श्रेष्ठ रहेको चलचित्रको कार्यकारी निर्माता रोहित कट्टेल हुन् । ‘मिरमिरे’ लाई २०८२ मा रिलिज गरिने वितरक आरआर फिल्मसले जनाएको छ । 

प्रतिकृया दिनुहोस्