×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

सांसदहरूलाई उपत्यका नछाड्न एमालेले पठायो सूचना

सांसदहरूलाई उपत्यका नछाड्न एमालेले पठायो सूचना

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले आफ्ना सांसदहरूलाई उपत्यका नछाड्न सूचना पठाएको छ । मंगलबार सांसदहरूलाई मोबाइलमा मेसेज पठाउँदै एमालेले तत्काल उपत्यका बाहिरका कार्यक्रममा नजान भनेको हो ।

एक सांसदका अनुसार, उपत्यका बाहिर भएका सांसदहरूलाई फर्कन र उपत्यकामै भएका सांसदहरूलाई कहीँ नजान भन्दै एसएमएसमार्फत जानकारी आएको हो ।

एमाले कांग्रेसले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने तयारीस्वरुप हस्ताक्षर संकलन गरिरहेको छ । उता, विपक्षी दलहरू यो कार्यको विरोध गर्नेगरी तयारी गरिरहेको छ । कांग्रेसभित्रकै इतर समूहका सांसदहरूले पनि अहिलेसम्म हस्ताक्षर गरेका छैनन् ।


 

प्रतिकृया दिनुहोस्