×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

कार्यकर्ताले लगाए कांग्रेस केन्द्रीय कार्यालयमा ताला

कार्यकर्ताले लगाए कांग्रेस केन्द्रीय कार्यालयमा ताला

काठमाडौं । नियमित महाधिवेशनको समय सार्वजनिक गर्न माग गर्दै युवा कार्यकर्ताले सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयको मूल गेटमा तालाबन्दी गरेका छन् । नियमित महाधिवेशनको माग राखेर उनीहरूले पार्टी कार्यालयको मूल गेटमा तालाबन्दी गरेका हुन् ।

उनीहरूले महाधिवेशनमा युवा प्रतिनिधित्वको सुनिश्चितता गर्न माग गरेका छन् । पार्टी अनिर्णियको बन्दी भएको भन्दै छिटो निर्णय गर्नका लागि युवाहरूले तालाबन्दीपछि प्रदर्शन समेत गरेका छन् ।

२८ असोजदेखि सुरु भएको केन्द्रीय समितिको बैठक पटक-पटक स्थगित हुँदै आएको छ । शुक्रबारका लागि बैठक डाकिएको थियो । तर बस्दै नबसी बैठक आजका लागि सारिएको थियो । तर आजको बैठक पनि नबसी मंगलबारका लागि सारिएको छ ।

केन्द्रीय समितिको बैठक फेरि स्थगित गरिएपछि कार्यालयमा ताला लगाउनु परेको विरोधमा सहभागी विद्यार्थी नेता भुवन भट्टले जानकारी गराए ।  पार्टी कार्यालयको मूल गेटमा ताला लगाउने र प्रदर्शन गर्ने युवाहरू कार्यवाहक सभापति पूर्णबहादुर खड्का निकटका हुन् ।

 

प्रतिकृया दिनुहोस्